राज्यपालले लिए स्वास्थ्य सेवा र योजनाहरूको बारेमा जानकारी

n6359893821729533499065515ed30fadbd71654cc438deac3d26931a9062e829765d8ca34beea777c42d41

गान्तोक: सिक्किम राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागका उच्च अधिकारीहरूले आज विभागको कार्य र प्रदेशमा स्वास्थ्य सेवाहरूसित सम्बन्धित एक प्रस्तुति राजभवनमा राज्यपाल ओम प्रकाश माथुर समक्ष पेश गरे।
यस क्रममा राज्यमा स्वास्थ्य सेवाहरू र योजनाहरूको क्रियान्वयनमाथि विस्तृत चर्चा गरियो। उक्त जानकारी राजभवनले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
बैठकको मुख्य उद्देश्य सिक्किम राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागसित सम्बन्धित मामिलाहरूको प्रस्तुति, जारी गतिविधि र कार्यक्रमहरूको विवरण, वर्तमान स्वास्थ्य बुनियादी ढॉंचाको जानकारी, केन्द्र र राज्य सरकारद्वारा वित्तपोषित योजनाहरू र कार्यक्रमहरूको बारेमा राज्यपाललाई जानकारी प्रदान गर्नु रहेको थियो।
यस अवधि अल्पावधि, मध्यम अवधि र दीर्घावधिको निम्ति स्वास्थ्य विभागका प्रधान सचिव, सचिव, चिकित्सा अधीक्षक, आयुष मिशनका अधिकारीहरूसहित अन्य अधिकारीहरूले स्वास्थ्य क्षेत्रको वर्तमान स्थितिको आंकडाहरूमाथि प्रकाश पारे। राज्यपाल माथुरले समस्याहरूको समाधान गर्ने दिशामा सुझाउहरू पनि दिए।
राज्यपालले आयुष मिशन अन्तर्गत ३० बेडेड निर्माणाधीन सोवा रिग्पा अस्पतालको कार्यमा भइरहेको विलम्बमाथि चिन्ता व्यक्त गरे। उनले अधिकारीहरूलाई जुन योजनाहरू निर्माण गरिएका छन्, त्यसको क्रियान्वयनमा निरन्तरता दिनु अत्यन्त आवश्यक छ। राज्यपालले भने, सोवा रिग्पा अस्पताल जस्तो योजनाहरूको समयमा क्रियान्वयन सुनिश्चित गर्नुपर्छ ताकि जनसाधारणले स्वास्थ्य सेवाहरूको लाभ प्राप्त गर्न सकुन्।
बैठकमा राज्यपालले राज्यमा प्रजनन दरमा भइरहेको ह्रासमाथि पनि चिन्ता व्यक्त गर्दै यसलाई एक गम्भीर मुद्दा बताए। उनले स्वास्थ्य विभागका अधिकारीहरूलाई यस समस्याको समाधान गर्नका लागि ठोस कदम उठाउन आग्रह गरे। राज्यपालले भने, प्रजनन दरमा ह्राससॅंग लड्न हामीले निरन्तर प्रयास गर्नु पर्नेछ ताकि स्थानीय जनसंख्याको वृद्धि होस्। यो हाम्रो राज्यको भविष्यको निम्ति एकदमै महत्त्वपूर्ण छ।
राज्यपालले जन औषधि केन्द्र, आयुष्मान कार्ड, मोबाइल ग्रामीण क्लिनिक, नशामुक्ति अभियान आदि विषयबारे पनि जानकारी प्राप्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement