गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज सिक्किम मणिपाल विश्वविद्यालयका कुलपति डा. दिलीपचन्द अग्रवालले शिष्टाचार भेट गरे। यस भेट अवधि कुलपतिले राज्यपाललाई मणिपाल विश्वविद्यालयकाे २४औं दीक्षान्त समाराेहकाे निम्ति निमन्त्रण दिए।
राज्यपालले विश्वविद्यालयकाे निमन्त्रणलाई स्वीकार गरेकाे जानकारी राजभवनले आज जारी एक प्रेस विज्ञप्तिमा दिएकाे छ।











