जैविक उत्पाद व्यवस्थापनमा मोबाइल परामर्श सेवा सञ्चालन हुने

IMG-20241021-WA0258

मंगन: कृषि विज्ञान केन्द्र मंगनले एग्रिकल्चरल इन्जिनियरिङ एण्ड पोस्ट हार्भेस्ट टेक्नोलोजीसँगको सहकार्यमा जैविक उत्पाद व्यवस्थापनसम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गऱ्यो। यसबीच मंगनमा रहेको कृषि प्रविधि सूचना केन्द्रको उदघाटन पनि गरियो। कार्यक्रममा डा अनुराधा देवीले परियोजनाले उत्तरपूर्व क्षेत्रका नागरिकहरूलाई सशक्तिकरण गराउऩ सहयोग गरेको बताउँदै डिजिटल समाधानहरूको वृद्धि र प्रयोगबारे बताइन्। विशेष गरी मोबाइल-आधारित कृषि-सल्लाहकार सेवाहरूमार्फत पुग्ने लाभबारे जानकारी गराइन्। सूचना प्रविधि मन्त्रालयको सहयोगमा डिजिटल इन्डिया कर्पोरेशनद्वारा लागू गरिएको परियोजनाले सिक्किमका कृषकहरूलाई मोबाइल सेवाबाट जानकारी प्रदान गरेर सशक्त बनाउने लक्ष्य राखेको बताइन्। कार्यक्रममा कार्यक्रम संयोजक भिसन प्रधानद्वारा केन्द्रको गतिविधिहरूबारे प्रकास पारे। प्रमुख अतिथि डा अनुपम मिश्राले जैविक र प्राकृतिक खेतीका लागि अनुसन्धान र स्थानबारे सुझाव राखे। कार्यक्रममा कृषि विशेषज्ञहरु र कृषकबीच अन्तर्क्रिया पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement