म्याक्सिकोको यात्रा सिद्ध्याएर अमेरिका पुगिन् वित्तमन्त्री सीतारमण

58b104ab59e733c29052d56cd960f2ea

नयाँ दिल्ली: भारतका वित्त एवं कर्पोरेट मामिलकी केन्द्रिय मन्त्री निर्मला सीतारमण म्याक्सिकोको यात्रापछि अमेरिका पुगिन्। सीतारमणलाई नेवार्क लिबर्टी अन्तरराष्ट्रिय हवाईअड्डामा गए आइतवार अबेर साँझ भारतीय दूतावास एवं महावाणिज्य दूतले उष्ण स्वागत गरे। वित्तय मन्त्रालयले ‘एक्स” मा आज जारी बयानमा बतायो, म्याक्सिको सिटीदेखि अमेरिका पुगेकी केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणलाई संयुक्त राज्य अमेरिकामा भारतका राजदूत विनय मोहन क्वात्रा अनि न्यूयार्कमा भारतका महावाणिज्य दूत विनया श्रीकान्त प्रधानले स्वागत गरे। यसपूर्व निर्मला सीतारमण १७ देखि २० अक्टोबरसम्म म्याक्सिकोमा थिइन् जहाँ उनले ग्वाडलजारा र म्याक्सिको सिटी दुवैमा विभिन्न क्षेत्रका राजनीतिक एवं व्यापारिक नेताहरूसित बातचित गरिन्।उल्लेाखनीय छ, केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण आगामी २६ अक्टोबरसम्म अमेरिकाको आधिकारिक भ्रमणमा छन्। आफ्नो यस यात्रा अवधि उनले जी-२० वित्तमन्त्रीहरू, केन्द्रिय ब्यांकका गवर्नर, पर्यावरण मन्त्री औ विदेश मन्त्रीहरूसित संयुक्त बैठकमा भाग लिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement