मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले सेमिफाइनलमा स्थान पक्का गऱ्यो। मंगपू खेल मैदानमा सोमवार भएको म्याचमा यूकेएफसी-ले कञ्चनजंघा फूटबल क्लबविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट नयन प्रधानले २ र आकाश प्रधानले १ गोल गरे। यसरी केएफसीबाट सोनम जांग्पो भूटियाले १ गोल गरे। नयन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा १० वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल क्रमशः २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।











