मोरंग(उर्लाबारी): उर्लाबारी वडा नम्बर ६ पानि ट्याङ्की टोलमा उर्लाबारी प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थायी घर सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ भई हाल उर्लाबारी-६ पानीट्याङ्की टोलमा बस्दै आएका ५१ वर्षिय काजिमान सार्की, झापाको दमक- ४ घर भई हाल उर्लाबारी-६ मै बस्दै आएका ३० वर्षिय प्रकाश विश्वकर्मा र उर्लाबारी वडा नम्बर ३ नया मंगलबारेका २८ वर्षिय निशान्त थापा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
उनीहरुमध्ये काजिमान र प्रकाशलाई आइतबार दिउसो करिव ४ बजे पक्राउ गरिएको थियो भने थापालाई आज दिउसो करिव ४:१० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी इन्स्पेक्टर राकेश यादवले बताए।
उनीहरुले प्रतिबन्धित औषधी विक्रि वितरण गर्दैआएको भन्ने सुचनाका आधारमा उर्लाबारी प्रहरीले उनीहरुलाई विगत २ हप्तादेखि निगरानीमा राख्दै आएको बताईएको छ।
प्रहरीकाअनुसार आइतबार दिउसो प्रकाशले चलाएको को १ ह २६१० नम्बरको सिटी रिक्सामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आई.पी. लेखिएको १ सय पत्ता, (१० वटाको दरले १ हजार गोटि) र डिक्लोमीन हाईड्रोक्लोराईड ट्याब्लेट आई.पी. लेखिएको १ सय पत्ता (१० वटाको दरले १ हजार गोटि)सहित सार्कीलाई पक्राउ गरिएको प्रहरी इन्स्पेक्टर यादवले बताए।
प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा उक्त प्रतिबन्धित औषधी नया मंगलबारेका निशान्त थापासँग खरिद गरिएको खुलेको जनाईएको छ।
प्रहरीले मोरङ जिल्ला अदालतबाट थापाविरुद्ध पक्राउ पुर्जी स्विकृत भई उनलाई आइतबार घरबाटै पक्राउ गरिएको इन्स्पेक्टर यादवले बताए।
प्रहरीले उनको जिउ तथा शरिर तालासी गर्ने क्रममा प्रतिबन्धित ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आई.पी. लेखिएको १ सय ५० पत्ता, (१० वटाको दरले १ हजार ५ सय गोटि) र डिक्लोमीन हाईड्रोक्लोराईड ट्याब्लेट आई.पी. लेखिएको १ सय ५० पत्ता (१० वटाको दरले १ हजार ५ सय गोटि) सहित ९ हजार ५ सय रुपैया नगद र उनले प्रयोग गरेको एक थान मोवाईल समेत बरामद गरिएको प्रहरी इन्स्पेक्टर यादवले बताए।
तिनै जना प्रतिवादीहरुलाई अदालतबाट ६ दिन म्याद थप गरि अनुसन्धान भैरहेको उर्लाबारी प्रहरीले जनाएको छ।
प्रहरीस्रोत अनुसार मंगलबारेका थापा प्रतिबन्धित औषधी विक्रि वितरण कार्यमा लामो समयदेखि संलग्न रहेको जनाईएको छ।
प्रहरी इन्स्पेक्टर यादवले उर्लाबारीको कमाण्ड सम्हाले यता आगुऔषध प्रयोगकर्ता र विक्री वितरण गर्ने गिरोहहरु प्रहरीको फन्दामा पर्दै आएका छन्। लागुऔषध दुर्व्यसनीमुक्त नगर बनाउने लक्ष्यसाथ उर्लाबारी प्रहरीले विषेश अपरेशन गर्दै आएको छ।











