दार्जीलिङ: चाढ़ बाढमा मौकाको फाइदा उठाउँदै दोबर भाँडा उठाउने घटनाविरुद्ध सामाजिक संस्था दार्जीलिङ लक्ष्य समूहद्वारा आरटीओसमक्ष ज्ञापन सुम्पेका छन्। यस विषयमा आज दार्जिलिङमा पत्रकारहरूसित कुराकानी गर्दै लक्ष्य समूह संस्थाका संयोजक राजेश गुरुङले जानकारी दिएका छन्। गत १४ अक्टोबर सिलगढी जाने क्रममा भएको गाडी भाँडा ठगीको घटना सामाजिक सञ्जाल हुँदो भाइरल भए यता सम्पन्न बैठकपछि यस्तो घटनामाथि अंकुश लगाउन हेल्प लाइन नम्बर जारी गर्नुसँगै माइकिङ गरिने जिल्ला प्रशासनले मिडिया बयानमा जनाइसकेको छ। दार्जीलिङ लक्ष्य समूहको सदस्य रहेका बाबु-छोरीमाथि भएको यस्तो घटना, संस्कार अनि ठगी पहाडमा दोहोरिन नहुने बताउँदै गुरूङले अर्कोतिर केही प्रतिशत चालकहरूको यस्तो कार्यकलापले रहल अनुशासित एवं जिम्मेवार चालकहरूको छवि खराब भइरहेको मत व्यक्त गरेका छन्।











