दुई दिवसीय क्षेत्रीय गणित मेला आजदेखि शुरू

n6359033401729510457246574516d5703f67afd8982b2c0b141811d4a002ee8ce236e1f2a78448de66aac5

गान्तोक: विद्या भारती पूर्व क्षेत्रको क्षेत्रीय गणित मेला आजदेखि विद्या भारती उत्तर बंगको मालदामा शुरू भएको छ। दुई दिवसीय यस गणित मेलाको उद्घाटन मालदाको अरविन्द पार्कस्थित सरस्वती शिशु मन्दिरमा भएको छ।विद्या भारती पूर्व क्षेत्रका अध्यक्ष गोपाल चन्द हलदार, पूर्व क्षेत्रका सह संगठन मन्त्री पार्थ घोष, वैदिक गणितको अखिल भारतीय सह संयोजक प्रसन्न कुमार साहु लगायत विशेष आमन्त्रित अतिथिहरूको उपस्थितिमा उक्त गणित मेलाको उद्घाटन गरियो। यस क्षेत्रीय गणित मेलामा ओडिशा, दक्षिण बंग र उत्तर बंगका विद्यार्थीहरू सहभागी रहेको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement