भद्रपुर: आज सुनको मूल्य प्रतितोला ६ सय नेपाली रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो।
आइतबार प्रतितोला १ लाख ६५ हजार नेपाली रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६५ हजार ६ सय नेपाली रुपैयाँ निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ। आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ७५ नेपाली रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ।










