सुनकोशमा कवि एवं साहित्यकार अशोक विश्व लोहारलाई सम्मान

5ee0240a-410f-41d4-b0f4-d0c7e878c6a2

सुनकोश- आज पूर्व डुवर्सको कुमारग्राम ब्लक अन्तर्गत सुनकोशको न्यू लाईनमा अखिल भारतीय गोर्खा खस कामी, दमाई, सार्की एकता मञ्च-को कुमारग्राम ब्लक शाखाको आयोजनमा एक विराट ब्लक स्तरीय साङ्गठनिक सभा र सम्मान समारोह सङ्गठनको केन्द्रीय अध्यक्ष कमल सार्कीको अध्यक्षतामा सम्पन्न भयो।

उक्त सभा तथा समारोहमा भारतीय नेपाली साहित्यका चर्चित बरिष्ठ कवि, साहित्यकार, पत्रकार बाग्राकोट पश्चिम डुवर्स निवासी अशोक विश्व लोहारलाई गत १६ मई २०२२ को दिन सिक्किम राज्य स्थापना दिवसको दिन कला-साहित्य संस्थान, सिक्किमले तिनको सातौँ कृति “तिमी सपना: म विपना” (कविता संग्रह) लाई राज्य स्तरीय ” साहित्य प्रतिभा पुरस्कार -२०२२” ले पुरस्कृत भएको खुशीमा तिनलाई पूर्व डुवर्सको कुमारग्राम ब्लकको पक्षबाट भब्य सम्मान जनाएको थियो। तिनलाई सम्मान समारोह अध्यक्ष भारत सरकार , खाध्य आपूर्ति विभागका केन्द्रीय निर्देशक कमल सार्कीको बाहुलीबाट प्रदान गरिएको थियो। यस समारोहमा सङ्गठनका केन्द्रीय पदाधिकारीगण,  कालचिनी ब्लकका पदाधिकारीगण तथा कुमारग्राम ब्लकभरिका शिक्षकगण, र सामाजिक क्षेत्रका गण्यमान्य ब्यक्तिहरूको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement