सुनसरी: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ को झण्डी चौक अगाडि करम खोला छेउमा कार दुर्घटना भएको छ। बागमती प्रदेश ०१-०२७ च ६०६९ नम्बरको क्रेटा सेतो कार चिप्लिएर घर को ट्वाइलेटमा ठोक्किएर उत्तानो परेको छ। कारमा सवार एकै परिवारका ४ जना घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक देखिएको छ। घाइते ४ जनालाई उपचारको लागि वि पी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएको छ।











