७८औँ बलिदान दिवस पालन गाडीधुरा नवद्वीप परिवारद्वारा

19-51-26-gar.jpg

गाडीधुराः खरसाङको गाडीधुरा नवदीप परिवारले आज गाडीधुरा दुर्गा मल्ल चौकमा ७८औं शहीद दुर्गा मल्लको बलिदान दिवस एउटा कार्यक्रमबीच पालन गरियो। क्लबका सभापति गोबिन्द छेत्रीको अध्यक्षतामा पालन गरिएको उक्त कार्यक्रमलाई क्लबका सदस्य अनुप रामुदामुले सञ्चालन गरेका थिए। बलिदान दिवस कार्यक्रमको शुरूमा स्वतन्त्र सेनानी सहिद दुर्गा मल्लको योगदानलाई स्मरण गर्दै गाडीधुरास्थित सहिद दुर्गा मल्लको सालिकमा माल्य अर्पण गर्नको साथै धुप-दिप प्रज्वलन गरेर मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै तिनको आत्मशान्तिको कामना गर्दै एक मिनटको मौन धारण पनि गरियो। आजको यस कार्यक्रममा क्लबका कोषाध्यक्ष सुवास छेत्री, सह-सचिव कुनाल छेत्री, वरिष्ट सदस्य डीके विश्वकर्मा, आरएल रामुदामु, सुमन छेत्री, धुर्व प्रसाद शर्मा, दिपेन छेत्री, दिपेन रामुदामु साथै गाडीधुरा स्पोर्टिङ क्लबका सभापति विशाल देवान आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement