काठमांडू: स्कटल्याण्डका क्रिकेट खेलाडी ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
सुदूरपश्चिमले सोमबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई अनुबन्ध गरेको जनाएको छ।
एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि दिसम्बर २१ सम्म सञ्चालन हुनेछ।










