पूर्बी सीमबाट ब्राउनसुगर सहित एक युबक पक्राउ

IMG-20241021-WA0185

झापा (काकरभिट्टा): पूर्वी नाका काँकडभिट्टा-भारतबाट सिटी सफारी चढेर आउँदै गरेका काभ्रेपलाञ्चोकका २६ वर्षिय होमकुमार मैनाली ब्राउनसुगर सहित पक्राउ परेका छन्।
हिजो राति उनलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलबाट पक्राउ गरेको हो। उनको साथमा मलद्वारमा लुकाएर ल्याएको १३ ग्राम लागूऔषध फेला परेकाे झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताएका छन्। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement