आन्दोलनका लागि तयार रहन सबै तहका संगठनलाई जनमत पार्टीको निर्देशन

IMG-20241021-WA0176

काठमांडू: जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले देशको विषम परिस्थितिलाई दृष्टिगत गरी सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिने निर्णय गरेको छ।
काठमांडूको मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले २०२४ दिसम्बरमा हुने स्थानीय उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ।
सो समितिमा निर्वाचन हुने वडा र पालिकाका केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिकाका पूर्वअध्यक्ष, वडाअध्यक्ष र वडाका पूर्वअध्यक्ष रहनेछन्।
निर्वाचन परिचालन समितिले अक्टूबर ३० सम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय सचिवालयमा पठाउने निर्णयसमेत भएको छ।
बैठकले संगठनलाई अझ सशक्त तरिकाले अगाडि बढाउने, विस्तार गर्ने, पार्टी प्रवेश गराउने सामूहिक प्रतिबद्धता व्यक्त गर्दै २०२७ को निर्वाचनमा बहुमतले तीनवटै तहमा सरकार बनाउनका लागि हरेक किसिमको तयारी गर्ने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरदसिँह यादवले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement