कर्णाली याक्सले टेष्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध

IMG-20241021-WA0052

काठमांडू: कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले हुसैन अनुबन्ध भएको बताएका छन्। ‘आगामी लिगको लागि कर्णाली याक्सले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरेको छ,’ घिमिरेले भने, ‘तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास लिएका छौं।’
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन्।
तलातले पाकिस्तानबाट १८ टि ट्वान्टी आईमा ३ सय ९४ रन बनाएका छन्। उनले सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए।

About Author

Advertisement