सिलगढी: भ्रष्टाचारको मामलामा सीबीआई अदालतले लगभग १० वर्षपछि युनियन ब्याङ्कको गुवहाटी-सिलगढी जोनका सिक्युरिटी म्यानेजर आकाश दीप महावीरलाई दोषी ठहराउँदै २ वर्षको जेलको सजाई सुनाएको छ। साथै ४० हजार रुपियाँ जरिमाना पनि अदालतले लगाएको छ। घटनाक्रम अनुसार वर्ष २०१२-मा आकाश दीप महावीरले ४० हजार रुपियाँ घुस लिएको आरोपमा सिलगढीको पाकुरतल्ला मोड़बाट सीबीआई टोलीले पक्राउ गरेको थियो। यस मामिलामा अदालतमा सुनवाई चलिरहेको थियो। आज सीबीआई अदालतको न्यायाधीश मानवेद्र मोहन सरकारले उक्त मामिलामा युनियन ब्याङ्कको गुवाहाटी- सिलगढी जोनका सिक्युरिटी म्यानेजर आकाश दीप महावीरलाई दोषी ठहराउँदै २ वर्षको सजाय सुनाएको छ। सिलगढी सीबीआई अदालतले बचाउ पक्षका वकीलको दलील सुनेपछि आरोपी आकाश दीप महावीरलाई १०नहजार रुपियाँ बेल बाउन्ड र दुईजना मानिसलाई साक्षी राखेर जमानतमा रिहा गरेको छ। न्यायाधीश मानवेद्र मोहन सरकारले आज बचाउ पक्षका वकीललाई उक्त मामिलाको फसेलालाई च्यालेन्ज गर्दै हाइकोर्ट पनि जान सक्ने बताएकोले बचाउ पक्षले यस फसेलालाई लिएर हाई कोर्ट जाने तयारी गरिरहेको बताइएको छ।