उपचुनाउलाई लिएर एसकेएम संसदीय समितिले बुझायो पार्टी अध्यक्षलाई रिपोर्ट

n6358412811729450252924f49337009038661ae191c4faaa7aa40e207d9bd1539e97a444382bb8092cd816

गान्तोक: आगामी १३ नोभेम्बरको दिन राज्यमा सम्पन्न हुन लागिरहेको दुईवटा निर्वाचन क्षेत्रको उपचुनाउलाई लिएर सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको संसदीय समितिले आज पार्टीका अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङलाई रिपोर्ट बुझाए।
पश्चिम सिक्किमको सोरेङ च्याखुङ र दक्षिण सिक्किमको नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा प्रस्तावित उपचुनाउबारे समितिले उम्मेदवार चयन गरेपछि यसको रिपोर्ट पार्टी अध्यक्षलाई आज बुझाएको हो।
संसदीय समितिका अध्यक्ष पूर्व मन्त्री एवम् एसकेएम कार्यवाहक अध्यक्ष केएन लेप्चा, सदस्यहरूमा मन्त्री सोनाम लामा, मन्त्री अरूण उप्रेती, मन्त्री एनबी दाहाल र मन्त्री भोजराज राईले आज एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री तामाङलाई मिन्तोकगाङमा भेट गरेर आफ्नो रिपोर्ट बुझाए।
उल्लेखनीय छ, गत अप्रेल महिनामा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा सोरेङ र रिनाक निर्वाचन क्षेत्रबाट पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ उठेका थिए, जसमा उनी दुवै सीटमा विजयी बनेका थिए। सोही प्रकारले नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईले प्रतिस्पर्धा गरेकी थिइन् र उनी भारीमतले विजयी बनेकी थिइन्। तर, शपथ ग्रहण गरेको तत्कालपछि मुख्यमन्त्रीकी धर्मपत्नीले विधायक पदबाट राजीनामा दिएकी थिइन्। यसरी नै मुख्यमन्त्री तामाङले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रलाई छोडेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement