उपचुनाउको निम्ति पॉंच ठाउॅं चेकपोइन्ट स्थापित

IMG-20240717-WA0003

सोरेङ: भारतको निर्वाचन आयोगको दिशानिर्देश अनुसार सोरेङ जिल्लामा पॉंचवटा चेकपोइन्ट स्थापना गरिएको छ। जिल्लाको सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा प्रस्तावित उपचुनाउलाई ध्यामा राख्दै उक्त चेकपोइन्ट स्थापना गरिएको हो।
जिल्ला चुनाउ अधिकारी धिरज सुबेदीले गत १६ अक्टोबरदेखि क्षेत्रमा फ्लाइङ स्क्वाड, स्ट्याटिक सर्विलेन्स टीम र भिडियो सर्विलेन्स टीमहरू सक्रिय रहेको जानकारी गराएका छन्। उक्त टीमहरूले प्रतिकुल मौसमको सामना गर्दै भए तापनि आफ्नो कर्तव्य लगनशील बनेर निर्वाह गरिरहेको उनले बताएका छन्। उक्त पॉंचवटा नाका बुदाङ आठ माइल फाटक, बुदाङ चुम्बुङ फाटक, च्याखुङ बजार, सोरेङ डॉंड़ा बजार र बाराखेली लोवर सिङलिङ फाटकमा स्थापना गरिएको छ।

About Author

Advertisement