गान्तोक: पाल्जोर स्टेडियममा सम्पन्न अमिताभ मिनी ओलम्पिक २०२४-मा मुख्य अतिथिका रुपमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले विभिन्न खेलमा भाग लिए। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई पनि सहभागी पनि थिइन्। कार्यक्रमको शुरुमा अमिताभ स्कूलका संस्थापक पेमा डोल्कर थाकर्पाले कार्यक्रमबारे प्रकाश पारिन्। कार्यक्रम स्कूलको झण्डा उत्तोलनसँगै स्कूलको गीत गाएर शुरु भएको थियो। मुख्य अतिथि मुख्यमन्त्री तामाङले स्कूलकको मिनी ओलम्पिकको औपचारिक उद्घाटन गरेका थिए। आयोजक स्कूलले कार्यक्रमलाई रोचक बनाउन विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम पनि समावेश गरेको थियो।

यसबीच मुख्यमन्त्री दम्पतीले अन्य अभिभावकहरुसंग टग अफ वार जस्ता कार्यक्रमहरूमा भाग लिएका थिए। मुख्यमन्त्री तामाङले विजयी तथा सहभागीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरे। सो अवसरमा समाज कल्याण, महिला तथा बाल विकास विभागीय मन्त्री साम्डुप लेप्चा पनि विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।