‘द भोइस अफ् मानेबुङ-देन्ताम’को सेमीफाइनल

IMG-20241020-WA0229

गेजिङ: ‘द भोइस अफ मानेबुङ-देन्ताम २०२४’ प्रतियोगिताको सेमिफाइनल (लाइभ राउन्ड) देन्ताम स्कूलको सभा भवनमा सम्पन्न भयो। यो कार्यक्रम मानेबुङका युवा प्रतिभाहरूको आवाजलाई उजागर गर्ने एउटा महत्त्वपूर्ण मन्च बनिसकेको छ, जसले संगीत र कलाप्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको सेमिफाइनलमा सिनियर र जुनियर गरि ३० जनाले सहभागिता जनाएका थिए। यस अवसरमा विभिन्न शैलीका गीतहरू प्रस्तुत गरिएको थियो जसले स्थानीय सांस्कृतिक धरोहरलाई पनि सम्मान गरेको छ। आयोजक समितिले कार्यक्रमको तयारीलाई लिएर विशेष ध्यान दिएको बताएका छन् र दर्शकहरूको अनुभवलाई बेहतरीन बनाउन विभिन्न व्यवस्थाहरू मिलाइएको थियो। संस्कृति संरक्षण समिति मानेबुङ-देन्तामको आयोजनामा सम्पन्न समारोहको अध्यक्षता मनोज लामा प्रमुख समन्वय सिक्किम क्रान्तिकारी मोर्चा संस्कृति प्रकोष्ठले गरेका थिए भने प्रमुख अतिथि र स्थानीय कलाकारहरूलाई आमन्त्रित गरिएको थियो। यस अवसरमा मनोरञ्जनात्मक प्रस्तुति र विशेष परफर्मेन्स पनि आयोजना गरियो जसले कार्यक्रमको रौनकतामा थप आकर्षण गरेको थियो। प्रतियोगिताको मुख्य उदेश्य स्थानीय प्रतिभाहरूको उजागर गर्नको साथै संगीत र कला क्षेत्रको विकासमा सहयोग गर्नु रहेको थियो। द भ्वाइस अफ मानेबुङ प्रतियोगिताले युवा प्रतिभाहरूलाई नयाँ अवसर र चुनौतीहरू प्रदान गर्दै आएको छ, र यस वर्षको सेमिफाइनलले यस परम्परालाई निरन्तरता दिने अपेक्षा गरिएको छ। यस कार्यक्रमको फाइनल राउन्ड २७ अक्टोबर हुने मुख्य संयोजक सुरेन्द्र तामलिङले बताएका छन्। निर्णायक मण्डलीमा डिके गुरुङ, निकिता सिञ्चुरी, रिवाज गुरुङ र प्रितम राई रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मनोज लामाले संगीत विश्वको प्राण हो किनभने यसले मानिसहरूलाई भावनात्मक रूपमा जोड्छ र हृदयमा शान्ति ल्याउँने बताए। भाषा, संस्कृति, र भूगोलको सीमाभन्दा पर, संगीतले सबैलाई एउटै धुनमा बाँध्छ भने खुशी, दु:ख, प्रेम, र आशा जस्ता गहिरा अनुभूतिहरू अभिव्यक्त गर्न संगीत सक्षम रहेको बताए। यो केवल मनोरञ्जनको माध्यम नभई ध्यान, उपचार र आत्मशुद्धिको साधन रहेको जानकारी गराए। संगीतले मानिसहरूबीच सह-अस्तित्व र सद्भावको भावना जगाउन सक्ने उनको भनाइ रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement