२५ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा नर्थ बेंगल आर्म्ड पुलिसले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सिमुलबारी खेल मैदानमा बिहीवार खेलिएको म्याचमा नर्थ बेंगल आर्म्ड पुलिसले सोनापुर (उत्तर दिनाजपुर)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल शुभम सूत्रधर (इला)-ले छिराए। शुभमले १४औं र २५औं मिनटमा फ्री किकबाट गोल गरे। यसरी नै सोनापुरबाट तूफान बर्मनले दोस्रो हाफको पहिलो मिनटमा गोल गरे। फ्री किकबाट दुईवटा दर्शनीय गोल गर्ने विजेता टीमका शुभम सूत्रधरलाई प्लेयर अव् द म्याच चयन गरियो। नर्थ बेंगल आर्म्ड पुलिसले अब ३१ अगस्तको दिन खेलिने प्री क्वार्टर फाइनलमा यूकेएफसी-को चुनौती स्वीकार्नेछ। अब शुक्रवार खेलिने म्याचमा मिक्स अप् बोइज खरसाङ र स्पोर्टस जोन, जलपाइगढ़ीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।