मन्टिभियट ग्राम सुधार समितिको स्थापना दिवस कार्यक्रम सम्पन्न

IMG-20241020-WA0215

खरसाङ: खरसाङको मन्टिभियट चियाबारीमा रहेको मन्टिभियट ग्राम सुधार समितिको ६१औं स्थापना दिवस समारोह सम्पन्न भएको छ। सन् १९६३ मा स्थापना भएको मन्टिभियट ग्राम सुधार समितिको यसपाली ६१औं स्थापना दिवस हो। उक्त स्थापना दिवस कार्यक्रम समितिको सभापति प्रणय रोकाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष भक्तिमान तामाङ उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा पञ्चायत सदस्यहरू कमल राई, सुधा सुब्बा साथै एमबी घले र मन्टिभियट ग्राम सुधार समितिको संस्थापक सदस्यहरू उपस्थित रहेका थिए। रचयिता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्थापना दिवसको अवसरमा केक काटेर हर्षोल्लासको साथमा पालन गरिएको छ। मन्टिभियट ग्राम सुधार समितिको स्थापना दिवसको अवसरमा विभिन्न सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो भने मुख्य आकर्षणको रूपमा नेपालको भोइस किड्सको फाइनलिस्ट आयुष लामा मुख्य आकर्षकको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा आयुष लामा लगायत सुरज बाल्मिकी, विशान लामा आदिले गीत प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा मन्टिभियट ग्राम सुधार समितिको तर्फबाट भोइस किड्सको फाइनलिस्ट आयुष लामालाई सम्बर्द्धना जनाइएको छ। उनी लगायत कार्यक्रममा प्रस्तुति दिने सबैलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा मुख्य आकर्षणको रूपमा नानीहरूलाई लिएर फेशन शो आयोजना गरिएको थियो। यस फेशन शो कार्यक्रममा नानीहरूले विभिन्न भेषभूषामा फेशन शो प्रदर्शन गरेका थिए। कार्यक्रममा मन्टिभियट ग्राम सुधार समिति स्थापना दिवसको अवसरमा गाउँका नानीहरू जसले यस वर्षको माध्यमिक, उच्च माध्यमिक र आईसीएसई परीक्षाहरू उच्च अंकको साथमा उत्तीर्ण गर्ने नानीहरूलाई पनि सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै कराँते च्याम्पियनशीपमा राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तरमा खेल खेलिसकेका गाउँको दुईजना नानीहरूलाई पनि सम्मान जनाइएको छ। यसको साथै मन्टिभियट ग्राम सुधार समितिको संस्थापक सदस्यहरूलाई सम्मान जनाइएको छ भने निधन भईसकेका सदस्यहरूका परिवारका सदस्यहरूलाई सम्मान जनाइएको छ।

कार्यक्रममा गाउँका नानीहरूले विभिन्न सांगीतिक कार्यक्रमहरू साथै गीत, नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै मन्टिभियट ग्राम सुधार समितिको सभापति प्रणय रोकाले मन्टिभियट ग्राम सुधार समितिको स्थापना दिवस कार्यक्रम सम्पन्न गरिएको छ जसमा विभिन्न सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको जानकारी गराएका छन्। उनले कार्यक्रममा स्थानीयहरू सबैले विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिएको बताउँदै मुख्य आकर्षणको रूपमा आयुष लामाको प्रस्तुति रहेको जानकारी गराएका छन्। उनले यस स्थापना दिवस कार्यक्रममा आयुष लामा साथै कार्यक्रममा प्रस्तुति दिनेहरू सबैलाई स्मृति चिह्न प्रदान गरिएको जानकारी दिएका छन्।

उनले कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक साथै आईसीएससी परीक्षा उत्तीर्ण गर्ने गाउँका नानीहरूलाई पनि सम्बर्ध्दना जनाइएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement