सभासद श्याम शेर्पाको पहलमा रेडिएम रिफलेक्टर स्टिकर साथै खरसाङ शहरलाई स्वच्छ राख्न ठूलो फ्लेक्स लगाउने कार्य सम्पन्न

IMG-20241020-WA0209

खरसाङ: आज २८ नम्बर समष्टिको सभासद श्याम शेर्पाको पहलमा खरसाङ बजारको धर्मशालादेखि डाउहिल स्कूल अनि डीएफओ भवनसम्म पोल पोलमा रेडिएम रिफलेक्टर स्टिकर लगाउने कार्य सम्पन्न गरिएको छ। उक्त कार्यमा सभासद श्याम शेर्पासित विशेष धेरै युवाहरुले सहभागिता जनाएका थिए। यस कार्यक्रमबारे सभासद् श्याम शेर्पाले जानकारी गराए अनुसार विशेष पहाडमा कुईरो लागेर मधेसबाट आएका गाड़ी चालकहरुलाई साथै क्षेत्रीय चालक दाजुभाइलाई पनि कुईरो लागेकाे बेला र रातकाे समय धेरै असुविधा भएकोले गर्दा चालकहरूको सुविधाको लागि पनि यो स्टिकर लगाइएको छ। दोस्रो चरणमा खरसाङ महकुमा अस्पतालमुनि रहेको भित्तामा च्यातेकाे पोस्टरहरुले धेरै मैला देखिने गरेकोले गर्दा खरसाङ बजार सुन्दरीकरण र स्वच्छताकाे आह्वान् गर्दै ठूलो फ्लेक्स लगाउने कार्य गरिएको थियो। उक्त फ्लेक्समा खरसाङकाे पर्यटन क्षेत्रहरुकाे नक्साहरू साथै खरसाङ शहरलाई सफा र सुन्दरीकरण गर्ने आह्वानको साथमा टाँसिएको छ। यसको साथै खरसाङलाई स्वच्छ र सफा राख्ने जिम्मेवारी हामी सबै सबैकाे रहेको सभासद श्याम शेर्पाले बताएका छन्।

उक्त कार्यक्रममा सहभागिता जनाउने विशेष मुर्दाहट्टी क्षेत्रका युवाहरु, शेर्पा बस्तीकाे युवाहरु साथै दिलखुश पाखाकाे युवाहरुलाई सभासद् श्याम शेर्पाले धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement