आईआरसीटीसीद्वारा तीर्थयात्रीहरुको निम्ति विशेष प्याकेजको व्यवस्था

IMG_20220825_193347.jpg

सिलगढी: ‘स्वदेश दर्शन श्री रामपथ यात्रा’ आईआरसीटीसीको तर्फबाट एउटा विशेष पर्यटन रेल शुरू गरिने भएको छ।सिलगढीमा आज पत्रकार सम्मेलन गरेर आईआरसीटीसीका सदस्यहरूले यसबारे जानकारी प्रदान गरेका छन्। यस सम्बन्धमा संगठनका विश्व रञ्जन साहाले भने, उक्त ट्रेन आगामी २६ नोभेम्बरमा श्री रामपथ यात्राको लागि अगरतलाबाट प्रस्थान गरेपछि २७ नोभेम्बर बिहान न्यू जलपाईगढी रेलवे स्टेशनमा आइपुग्नेछ। उक्त ट्रेन तीर्थयात्रीहरूलाई अयोध्या, हरिद्वार, ऋषिकेश र वाराणसीको धार्मिक स्थलहरूमा भ्रमण गराउनेछ। उक्त ट्रेनमा स्लिपर कोच र एसी कोच रहनेछ भने ट्रेनमा खानाको व्यवस्था पनि रहनेछ। स्वदेश दर्शन श्री रामपथ यात्रा स्पेशल टुरिस्ट ट्रेनको लागि बुकिङ खोलिसकेको छ भने टिकटको लागि आईआरसीटीसी को अफिसियल टुरिज्म वेबसाइटबाट अनलाइन बुक गर्न सक्नेछ। पुरा यात्रा ७ रात र ८ दिनमा समाप्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement