काठमांडू: नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले खेल जीवनबाट सन्यास लिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन्।
‘धेरै सोचविचार पछि मैले नेपाली राष्ट्रिय टोलीको कप्तानी त्याग्ने र अवकाश लिने निर्णय गरेको छु। यो निर्णय लिन सहज थिएन। तर, यो जिम्मेवारी नयाँ पुस्तालाई दिने समय आएको छ,’ उनले भने।