विराटनगर: उच्च अदाल विराटनगरले उपमेयर भएकै अवस्थामा नातेदार वडाध्यक्षलाई कार्यवाह मेयरको जिम्मा दिने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रूबराज नन्दको इजालसले साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०१७ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४ को क को १२ ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०१७ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०२४ र ६ र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०१६ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश छ।’
मेयर साम्पाङले उप मेयर कार्यकक्षमा हुँदा हुँर्द नाताले मामा ससुरा पर्ने ११ नम्बरका वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए। उनले वडाअध्यक्षलाई काबा तोकेसँगै उप मेयर आइन्द्र विक्रम बेघा अदालत गएका थिए।