खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु

IMG-20240629-WA0057-copy-6

भोजपुर: भोजपुरको अरुण गाउँपालिका-१ स्थित एगुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ।
अरुण गाउँपालिका-१ याङपाङका ३२ वर्षीय रोशन मगरले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। इन्भर्टर र ब्याट्रीबाट खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि भोजपुर जिल्ला अस्पताल पठाएर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement