विराटनगर: मोरंगको विराटनगर महानगरपालिका ६ र ११ का स्थानीयवासीले सडककमा बाँस तेर्साएर सवारी आवगमनमा अवरोध पुर्याएका छन्।
सुनसरी मोरङको करिडोर अन्तर्गतको हुलाकी मार्ग रामपुरदेखि ब्रमापुरा हुदै केशलिया जाने बाटो लामो समयदेखी खाल्डा खुल्डी भएका कारण धेरै सवारीसाधान दुर्घटना बढेपछि आईतबार विहान स्थानियवासीले अवरोध गरेका हुन्।

हलाकी मार्ग अन्र्तगतको ब्रमापुरामा रहेका दुधुवा खोलाको पुल माथी बाँस तर्साएर स्थानियवासीहरुले विराटनगर महानगरपालीकाका मेयर नागेश कोईराला उपमेयर शिल्पा निराला कार्की, ६ नम्बर वडा अध्यक्ष हरिसचन्द्र सहनी र ११ वडा अध्यक्ष तिथेन्द्र न्यौपाने विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए।