जलपाईगढ़ी: आज एक सड़क दुर्घटनामा एक व्यक्तिको मृत्यु र चारजना घाइते भएको छ। घटनामा घाइतेहरूमा तीनजना महिलाहरू सामेल छन्। मृतकको नाम दिब्येन्दु सरकार हो जो जलपाईगुड़ी जिल्लाका बासिन्दा थिए।
यो घटना गए शनिवार अबेर राती बाताबाड़ी-लाटागुड़ी राष्ट्रिय राजमार्गमा तिलाबाड़ी संलग्न क्षेत्रमा भएको हो। सूचना पाए लगत्तै मेटेली थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई चालसाको मंगलबाड़ी ग्रामीण अस्पतालमा पुऱ्यायो जहाँबाट चारैजना घाइतेहरूलाई माल सुपर स्पेशलिटी हस्पिटलमा रेफर गरिदियो। घटनाको खबर पाएर मालबाजारका एसडीपीओ देशमुख रोशन प्रदीप पनि घटनास्थलमा पुगे। स्थानीय सूत्र अनुसार दुईजना महिलाहरू सवार एउटा कार बाताबाड़ीदेखि लाटागुड़ी तर्फ गइरहेको थियो। यसै क्रममा विपरीत दिशाबाट आइरहेको अर्को कार जसमा एकजना पुरूष र एकजना महिला सवार थिए,- सित राष्ट्रिय राजमार्गमा ठोक्कियो। ठक्कर सशक्त भएको कारणले दुवै वाहनको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भएको छ। घटनामा लाटागुड़ीबाट आइरहेको कार चालक दिव्येन्दु सरकारको घटनास्थलमै मृत्यु भयो। पुलिसले शवलाई पोस्टमर्टम गर्न पठाएर सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।