असम: विषाक्त खानाको कारण २०० जना बिरामी

foodpoisning022-1729426155

गाेलाघाट: गोलाघाट जिल्लान्तर्गत सरूपथारको उरियामघाट पाँच घरिया गाउँमा श्राद्धको भोजन ग्रहण गरेपछि २०० जना मानिसहरू बिमार भएका छन्। आइतवार स्थानीय मानिसहरूबाट प्राप्त जानकारी अनुसार उरियामघाट पाँच घरिया गाउँका पप्पू गोगोई नामक व्यक्तिले आफ्नी आमाको श्राद्धमा मानिसहरूलाई भोजन गराएपछि सो भोजन सेवन गर्नका लागि उरियामघाट, पाँच घरिया, नाउजान, कोरिगाउँ, बरपथार, दयालपुर, तुरूंगाउँ आदिका मानिसहरू आएका थिए। भोजन सेवन गरेपछि मानिसहरूलाई वान्ता, पखाला, पेट दुःखाई, टाउको दुःखाई आदिको समस्या हुन थाल्यो। त्यसपछि ५३ जना मानिसहरूलाई उरियामघाट सामूहिक स्वास्थ्य केन्द्रमा भर्ती गरिएको भनेे गंभीर रूपले प्रभावित २जनालाई जोरहाट मेडिकल कॉलेज र अस्पतालमा स्थानांतरित गरेकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement