मुकेश अम्बानीले केदारनाथ र बद्रीविशालको गरे दर्शन

22720283_mukesh-amb

गोपेश्वर: रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष एवं प्रबन्धक निदेशक र प्रसिद्ध उद्योगपति मुकेश अम्बानीले आइतवार बद्रीनाथ र केदारनाथ धाम पुगेर दर्शन गरे। यस वर्ष बद्रीनाथ धाम तथा केदारनाथ धामको निम्ति अम्बानीले पाँच करोड़ दुई लाख रूपियाँको धनराशिको चेक मन्दिर समितिलाई दानस्वरूप भेट गरेका छन्।आइतवार प्रातः ९ बजी मुकेश अम्बानी बद्रीनाथ धाम पुगेर सीधा मन्दिरमा दर्शन गरे। उनले वेदपाठ पूजा सम्पन्न गरे। त्यसपछि मन्दिर परिसर स्थित माता लक्ष्मी मन्दिरमा पनि दर्शन गरे। यस अवसरमा बीकेटीसी उपाध्यक्ष किशोर पंवार तथा मुख्य कार्याधिकारी विजय प्रसाद थपलियालले उद्योगपति मुकेश अम्बानीको स्वागत गरे तथा भगवान बदरी विशालको प्रसाद भेट गरे। बद्रीनाथको दर्शनपछि उनी दिउँसो पौने एघार बजी केदारनाथ धाम दर्शन गर्नपुगे। केदारनाथ धाममा बद्रीनाथ-केदारनाथ मन्दिर समिति (बीकेटीसी) अध्यक्ष अजेन्द्र अजयले उद्योगपति मुकेश अम्बानीको स्वागत गरे। अम्बानीले केदारनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरे औं देशको सुख-समृद्धिको प्रार्थना गरे। बीकेटीसी अध्यक्ष अजेन्द्र अजयले उद्योगपति मुकेश अम्बानीलाई भगवान केदारनाथको प्रसाद भेट गरे। यस सम्बन्धमा बीकेटीसी मीडिया प्रभारी डा. हरी गौड़ले भने, उद्योगपति मुकेश अम्बानी प्रत्येक वर्ष परिवारका सदस्यहरूको साथ बद्रीनाथ धाम तथा केदारनाथ धामको दर्शन गर्न आउँछन्। अम्बानीले यस वर्ष बद्रीनाथ धाम तथा केदारनाथ धामको निम्ति पाँच करोड़ दुई लाख रूपियाँको धनराशिको चेक मन्दिर समितिलाई दानस्वरूप भेट गरेका छन्। कोरोनाकालमा पनि रिलायन्स इन्ड्रस्टीजको अध्यक्षले मन्दिर समितिलाई दान स्वरूप ठूलो मद्दत गरेका थिए। यस अवसरमा मुख्यमन्त्रीका सल्लाहकार बीडी सिंह, बीकेटीसी उपाध्यक्ष किशोर पंवार, मन्दिर समिति सदस्य भास्कर डिमरी, मुख्य कार्याधिकारी विजय प्रसाद थपलियाल, प्रभारी अधिकारी विपिन तिवारी, धर्माधिकारी राधाकृष्ण थपलियाल वेदपाठी रविन्द्र भट्ट ईओ सुनील पुरोहित, प्रशासनिक अधिकारी कुलदीप भट्ट, कृष्णानन्द पन्त, अजीत भण्डारी, योगम्बर नेगी र हरीश जोशी आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement