जातिको निम्ति हामी सवै एक हुन पर्छ: अजय एडवार्डस

IMG-20220825-WA0165.jpg

दार्जीलिङ: जातिको निम्ति हामी सबै एक हुनपर्छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गोर्खा एकताको लागि आह्वान गरेका छन्। गत केही दिन अघि नेपाली भाषा मान्यता दिवस दार्जीलिङमा संयुक्त रूपमा पालन गर्ने कार्य भएको थियो। आज त्यसरी नै बलिदान दिवस पनि एकबद्व भएर पालन गर्ने कार्य भएको छ। देश स्वतन्त्रताको आन्दोलनमा धेरै गोर्खाहरूले पनि त्याग र बलिदान दिएको छ। हरेक साल २५ अगस्तको दिन भारतीय गोर्खाहरूले शहीद दुर्गा मल्लको त्याग र बलिदानको स्मरण गर्दै बलिदान दिवस मनाउने गर्छन्।

शहीद दुर्गा मल्ल भारत स्वतन्त्रता आन्दोलनको एक आन्दोलनकारी थिए। अंग्रेज सरकारले शहीद दुर्गा मल्ललाई समातेर आज २५ अगस्तकै दिन फाँसीमा झुण्डाएका थिए। शहीद दुर्गा मल्लको देश प्रेम र देशप्रतिको उनको श्रद्वालाई नमन गर्दै २५ अगस्तको दिन बलिदान दिवसको रूपमा पालन गर्ने गर्छन। यसै क्रममा आज एडवडर्स फाउण्डेशन,किरण फाउण्डेशन आदि जस्ता २२ वटा सामाजिक संघ संस्थाहरूले संयुक्त रूपमा बलिदान दिवस पालन गरेका छन्। कार्यक्रमको शुभ अवसरमा बाइक रैली निकाल्ने कार्य गरियो अनि उक्त बाइक रैलीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड बाइक लिएर बाइक रैलीमा अंश ग्रहण गरेका थिए। बाइक रैलीले शहरको परिक्रमण गर्दै चौरास्ता पुगेको थियो जहाँ शहीद दुर्गा मल्लको स्मरण स्वरूप पालन गर्दै बलिदान दिवस कार्यक्रमको आयोजना गरिएको थियो। बलिदान दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरिएको थियो।समाज सेवी एंव हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको बाहुलीद्वारा रिबन काटेर रक्तदान शिविरको शुभारम्भ गरियो। यस अवधि दार्जीलिङ पुलिस अधीक्षक डाक्टर निम्बलकर विशेष रूपमा उपस्थित रहेका थिए।

पुलिस अधिक्षक डाक्टर सन्तोष निम्बलकर र हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड लगायत अन्य धेरैले रक्तदान पनि गरेका थिए। यसै क्रममा अजय एडवर्डले जातिको निम्ति हामी सबै एक हुन पर्छ भनी बताए। उनले भने- ‘गत केही दिन अघि हामी सबैले मिलेर नेपाली भाषा मान्यता दिवस पालन गरयौं, आज फेरि बलिदान दिवस पालन गर्ने अवसर पाएका छौं, देश स्वतन्त्रताको आन्दोलनमा हाम्रो गोर्खाहरूले पनि त्याग र बलिदान दिएका थिए, देश स्वतन्त्रताको आन्दोलनमा गोर्खाहरूले दिएको त्याग र बलिदानको विषय हामी सवै गोर्खाहरूले याद हुनपर्छ अनि हामीले यी विषयहरूलाई समस्त देशवासीहरूलाई बताउनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement