सिटीमा छुटेको सुन ट्राफिक प्रहरी मोरङद्वारा धनीलाई फिर्ता

IMG-20241020-WA0181

विराटनगर: विराटनगर महानगरपालिका-१ पोखरिया बोधिमार्ग बस्ने एक व्यक्तिको लाखौं मूल्य बराबरको सुनका गरगहना सिटि रिक्सामा छुटेको थियो। तर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त सिटि सफारीवालाको सहयोगमा सुन फेलापारी धनीलाई फिर्ता गरेको छ।
मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनुसार विराटनगर-१ का गणेश श्रेष्ठले आईतबार विराटनगर बजारबाट ३ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको सुनका गरगहना किनमेल गरी घर फर्कने क्रममा सिटि रिक्सामा छुटाएका थिए। श्रेष्ठले गरगहना हराएको जानकारी दिए लगत्तै ट्राफिक प्रहरीले सिटि रिक्सा चालकसँग समन्वय गरी गरगहनाको खोजी कार्य सुरु गरेको थियो। केही घण्टाको प्रयासपछि प्रहरीले सिटि रिक्सा चालकको सम्पर्कमा पुग्न सफल भएको र उक्त गरगहना बरामद गरी सकुशल धनी श्रेष्ठलाई फिर्ता गरेको जिल्ला ट्राफिक प्रमुख लम्सालले बताए। ट्राफिक प्रहरीले विभिन्न समयमा यसरी सामान, नगद, हराएको वस्तु फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउने गरेको छ। प्रमुख लम्सालले भने यदि सफारी चालकले जस्तै सबैले इमान्दारीदताका साथ सहयोग गर्ने हो भने हरााएको वस्तु सहजै फेला पार्न सकिन्छ।
सिटिवालाहरुले पनि यदि कसैको सामान सिटिमा छुटे ट्राफिक प्रहरीलाई जानकारी गरी सहयोग गरिरहेको लम्सालको भनाई छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement