काठमांडू: विश्व पर्यटन दिवस २०२४ को अवसरमा काठमाण्डुको वसन्तपुर दरबार क्षेत्रमा धिमे बाजासहित एक हजार कलाकारले नेवारी नृत्यको साथमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ।
पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो। यसअघि नै पर्यटन दिवसका लागि तय भएको कार्यक्रम बाढी र पहिरोका कारण कलाकार उपस्थित हुन नसक्दा स्थगित गरिएको हो।
यो कार्यक्रमको आयोजना काठमांडू दरबार स्क्वायर पर्यटन सम्वद्र्धन संघले गरेको हो। विश्व पर्यटन विदस २०२४ को अवसरमा पर्यटक र शान्ति विशेष कार्यक्रम देशभरका कलाकारको उपस्थितिमा गरिएको संघका अध्यक्ष दिनेश सुवालले जानकारी दिए।

यो हजार बढी कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गरेको हो। उनले भने , ‘एक हजार बढी कलाकारले सामूहिक धिमे नृत्य प्रस्तुति दिएका छन्। यसबोहक यही अवसरमा विभिन्न प्रस्तुति पनि रहेको छ।’
तस्बिरः देब राज