दार्जिलिङ: आफ्नो समष्टि भ्रमणको क्रममा दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले बिरामीहरुलाई भेटघाट गरी आर्थिक सहयोग प्रदान गरेका छन्। दार्जिलिङको चुङथुङ मेरिमुङ समष्टि भ्रमण गरी विधायक निरज जिम्बाले आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत जनतासंग सोझो सम्पर्क गरी उनीहरुको हाल खबर बुझ्दै विपन्न परिवारका सदस्यहरुलाई भेटघाट गर्दै बिरामीहरुलाई आर्थिक सहयोग समेत गरेका छन्। भेटघाटको क्रममा उनले अविरल बर्षाको कारण क्षति भएका घर लगायत पैह्रो गएका क्षेत्रहरुको पनि निरीक्षण समेत गरेका छन्।

यसै क्रममा उनले आपतकालीन सहयोगको निम्ति पीडित परिवारहरुलाई तारपोलिन साथै आर्थिक सहयोग समेत प्रदान गरेका छन्। विधायक निरज जिम्बाले आफ्नो क्षमता अनुसार सहयोग पुर्याउने वचन दिन्दै सम्बन्धित विभागहरुमा पनि जनाउने पीडित परिवारहरुलाई आस्वस्त गराएको जानकारी प्राप्त भएको छ। समष्टिको दु:खेसो बुझ्न र कृषक परिवारहरुलाई उनीहरुको दैनिक जीवन यापन गर्न थप सहयोग पुर्याउनको निम्ति समष्टि प्रतिनिधिहरुको परामर्शमा दोस्रो पटक पनि विधायक निरज जिम्बाले भ्रमण गर्ने वचन दिएका छन्।