पहिलो टेस्टमा भारतको ८ विकेटले हार

IMG-20241020-WA0171

बेंगलुरु: न्यूजील्याण्डले पहिलो क्रिकेट टेस्ट म्याचमा भारतलाई ८ विकेटले पराजित गऱ्यो। आइतवार म्याचको पाँचौं तथा अन्तिम दिन कुनै चमत्कार भएन अनि न्यूजील्याण्डका ब्याटरहरूले केही चुनौतीपूर्ण ओभरहरूको धैर्यको साथ सामना गर्दै आफ्नो टीमलाई जीत दिलाए। यो न्यूजील्याण्डको भारतीय माटोमा ३६ सालपछि पहिलो टेस्ट जीत हो। न्यूजील्याण्डले यसअघि अन्तिमपल्ट १९८८-मा जन राइटको कप्तानीमा भारतमा टेस्ट म्याच जितेको थियो। त्यस समय न्यूजील्याण्डले वानखेड़े स्टेडियममा भारतलाई १३६ रनले पराजित गरेको थियो। त्यसपछि यसपाली टम लाथमको कप्तानीमा रहने टीमले पहिलो टेस्टमा भारतलाई पराजित गरी ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। एम चिन्नास्वामी स्टेडियममा आफ्नो पहिलो ईनिंग्समा केवल ४६ रनमा अलआउट हुनु भारतको निम्ति सबैभन्दा ठूलो झट्का रह्यो अनि दोस्रो ईनिंग्समा रोहित शर्माको कप्तानीमा रहने टीमले सक्दो प्रयास गरे पनि म्याच बचाउन सकेन।
आइतवार बिहानको सत्रमा जसप्रीत बुमराहले विध्वंशी मिजासमा बलिंग गरेर समस्या सृष्टि गरे पनि न्यूजील्याण्डका ब्याटरहरूलाई अन्तमा १०७ रनको लक्ष्य हासिल गर्न असुविधा भएन। यसैकारण न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा २ विकेटमा ११० रन बनाएर म्याच जित्यो। उल्लेखनीय छ, भारतले आफ्नो पहिलो ईनिंग्समा केवल ४६ रन बनाएपछि न्यूजील्याण्डले ४०२ रन बनाएर पहिलो ईनिंग्सको आधारमा ३५७ रनको बढ़त हासिल गरेको थियो। त्यसपछि भारतको आफ्नो दोस्रो ईनिंग्समा ४६२ रन बनाउँदा न्यूजील्याण्डलाई १०७ रनको लक्ष्य प्राप्त भएको थियो। आज बिहान न्यूजील्याण्डले कप्तान टम लाथमलाई शुरुमै गुमायो। बुमराहको शिकार बन्ने लाथमले खाता पनि खोलेनन्। त्यसपछि बुमराहले डेवोन कनवेलाई पनि आउट गर्दा भारतको निम्ति सामान्य भए पनि आशा जागेको थियो तर विल यंग र रचिन रविन्द्रले तेस्रो विकेटको निम्ति ७५ रनको अटूट पार्टनरशीप गरी न्यूजील्याण्डलाई जीत दिलाए। यंगले ७६ बल खेलेर ७ वटा चौका र एउटा छक्काको साथ अविजित ४८ रन बनाए। यसरी रचिन रविन्द्रले ६ वटा चौकाको साथ ४६ बलमा अविजित ३९ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement