कन्चनपुर बरबहियामा बस दुर्घटना

IMG-20240621-WA0012

राजबिराज: सप्तरीको कञ्चनरुप नगरपालिकाको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २६ जना घाइते भएका छन्।
कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार, आइतबार बिहान भएको बस दुर्घटनामा परेर उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका आठ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ।
घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। उदयपुरको गाईघाटबाट काँकडभिट्टाका लागि छुटेको बस विपरीत दिशाबाट आएको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement