सिलगढी किरणचन्द्र श्मशान घाट निर्माण कार्यको निरीक्षण गर्न मेयर गौतम देवको आकस्मिक भ्रमण

21-06-13-tyui.png

सिलगढी: सिलगढीको किरणचन्द्र श्मशान घाटलाई नवनीकरण गरिने भएको छ।सिलगढी नगरनिगमका मेयर गौतम देवले आज पत्रकारहरूलाई यस बारे जानकारी गराए। वामफ्रन्टको शासनकालमा सिलगढीको किरणचन्द्र श्मशान घाटमा २ वटा वैद्युतिक चुल्हाको निर्माण गरेका थिए।तर हालमा यो शमशान घाट जीर्ण अवस्थामा पुगिसकेको छ।लाश जलाउनलाई लामो लाइनमा उभिन पर्ने बाध्यता रहेको छ। यो समस्या समाधानार्थ हेतु अब लगभग १ करोड २१ लाख रुपियाँको लागतमा किरणचन्द्र घाटलाई नयाँ रूपमा सजाइने सिलगढी नगरनिगमले परियोजना तयार गरेको छ। यसको निर्माण कार्य पनि शुरू भइसकेको छ। मेयर गौतम देवले आज उक्त निर्माण कार्यको निरीक्षण गरे। यस अवधि तिनले भने, यहाँ नयाँ २ वटा वैद्युतिक चुल्हा बनाइने कार्य लगभग समाप्त हुन लागिरहेको छ भने अन्य केही नयाँ कार्यहरू जस्तै टी स्टल, पुलिस क्याम्प, प्रतीक्षालय आदिको निर्माण कार्य पनि चलिरहेको छ। यसको साथै यहाँ अझ एउटा जेनरेटर ल्याइनेछ। यसै वर्षमा श्मशान घाटलाई नयाँ रूपमा सजाउने कार्य समाप्त हुने कुरामा आफू आशावादी रहेको तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement