कपालमा चाया किन पर्छ? (डॉ. उषा क्षेत्रीको बिचार प्रस्तुत)

IMG-20241020-WA0020

झापा: यो एक प्रकारको ढुसी हो, जुन म्यालसेसिया फरफर नामक जीवाणुको कारण लाग्छ।

कारण:
हार्मोनल परिवर्तन, सरसफाइको कमी, चिसो कपालमा रुमालले धेरै समय बेर्नु, कपालमा बढी चिल्लोपन आउनु वा अत्याधिक सुक्खा ढुसी हो, जुन म्यालसेसिया फरफर नामक जीवाणुको कारण लाग्छ।

चायाले पार्ने असर:
चाया परेमा कपालमा सेतो पाप्रो देखिने र टाउको सहन नसक्ने गरी चिलाउन सक्छ। लामो समयसम्म रहेमा छालामा घाउ पारी अन्य किटाणुले आक्रमण गर्ने जोखिम रहन्छ।

छुट्कारा कसरी पाउने?
किटोपनाजोल र किम्बाजोल जस्ता स्याम्पु तथा औषधिहरू पनि प्रभावकारी हुनसक्छन्, जुन चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ। औषधिले ठीक नभएमा तुरुन्त अस्पताल गई सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ।

कसरी जोगिने?
धुलोधुवाँको वातावरणमा हिंड्नै परे टाउको ढाकिने कपडा लगाउने, पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खानेकुरा खाने र कपालमा पसिना आउँछ भने दैनिक हल्का खालको स्याम्पुले नुहाउन सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement