कालचिनी – नदी नालाबाट अवैद्य रुपमा बालुवा ढुङ्गा ओसार पसार गर्ने वाहन विरुद्ध पुलिसको निरन्तर अभियानको क्रममा कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टका पुलिसबलले आइतबार राती एउटा डम्परसहित एकजना चालकलाई पक्राउ गरेको घटना प्रकासमा आएको छ। निमती आउटपोस्टका प्रभारी एसआई अमित शर्माको नेतृत्वमा पुलिसले आइतबार राती पटकापाड़ा निमती रोड क्षेत्रबाट उक्त डम्परलाई रोकेर जाँच गर्दा वैद्य कागजपत्र नरहेकोले डम्पर ट्रकलाई नियन्त्रणमा लिँदै चालक आमोस मुण्डा मदारीहाट निवासीलाई प्रकाउ गरेको थियो भने आज अलिपुरद्वार जिल्ला अदालतमा पठाएको पुलिस सुत्रले जनाएका छन्।