कालेबुङ: विगत २० अगस्त १९९० मा भारतीय संविधानको आँठौ अनुसूचिमा नेपाली भाषाले संवैधानिक रूपमा मान्यता प्राप्त गरेको केवल भाषा मान्यता दिवस मनाउनको लागि मात्र सीमित नराखेर दार्जिलिङ पहाडी क्षेत्रका सबै विभागहरूमा यसको प्रयोग गरिनु पर्ने साथै भाषाको संरक्षण पनि गरिनु पर्छ भन्ने कालेबुङको ३६ नम्बर समष्टिका सभासद पाल्देन तामाङको अडान रहेको छ।उनले आफ्नो अडानलाई स्पष्ट गर्दै आज सभासद पाल्देन तामङ अनि समुहले नेपाली भाषाको संरक्षण गरिनु पर्ने साथै नेपाली भाषाको प्रयोग सबै कार्यालयहरूमा गरिनु पर्ने माग गर्दै कालेबुङ खण्ड विकास अधिकारी कार्यालय, खाद्य विभाग कार्यालय, जिल्लापाल कार्यालय, मोटर वाहन कार्यालयका अधिकारीहरूलाई भेट गरेर यसबारे चर्चा गर्नको साथै लिखित रूपमा निवेदन पत्र पनि चडाएका छन्। यसरी नै अन्य सबै विभागीय कार्यालयहरुमा पनि यो निवेदन पत्र चडाइने भएको तिनले जानकारी दिएका छन्।