सिलगढी: आज कांग्रेसले राज्यको बिग्रँदै गएको कानून र व्यवस्थाको अवस्था र महिलाहरू विरुद्ध लगातार भइरहेका आपराधिक घटनाहरूको विरोधमा राज्यका विभिन्न पुलिस स्टेशनहरू अगाडि विरोध प्रदर्शन गर्यो। यसै सिलसिलामा आज सिलगढीमा पनि कांग्रेसले सिलगढी पुलिस चौकी अगाडि कडा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा दार्जीलिङ जिल्ला कांग्रेस अध्यक्ष शंकर मालाकार, दार्जीलिङ जिल्ला युवा कांग्रेस सह-अध्यक्ष अभिषेक मालाकार लगायत वरिष्ठ कांग्रेस नेताहरू सहभागी थिए। शंकर मालाकारले राज्यको शान्ति सुरक्षाको अवस्था अत्यन्तै दयनीय भएको बताए। राज्यमा जसरी महिला र छोरी बलात्कारका घटना भइरहेका छन्, त्यसले सिंगो देशमा बंगालको नाम बदनाम भइरहेको बताए।











