आबकारी विभागले नष्ट गरिदियो अवैध घरेलु रक्सी

IMG-20240717-WA0001

फाँसीदेवा: घरेलु रक्सीहरू विरूद्ध आबकारी विभागले फाँसीदेवाको घोषपुकुरको कमला चिया बगानको विभिन्न स्थानहरूमा छापामार अभियान चलायो। गोप्य सूत्रको आधारमा घोषपुकुर आउट पोस्ट पुलिसको सहयोगमा नक्सलबारी आबकारी विभागले आज कमला चिया बगानको गिरजा लाइन, शायला लाइन, बकुल लाइन, गाँधी मोड अनि घुघुझोरा इलाकामा छापामार अभियोन चलाएर धेरै मात्रामा घरेलु रक्सी उद्धार गरेपछि त्यसलाई नष्ट गरिदिएको छ। यसको साथै उक्त रक्सी बनाउने भाँडा लगायत अन्य उपकरणहरू पनि भत्काइदिएको छ। तथापि, उक्त घटनामा कसैलाई पनि पक्राउ नगरिएको बताइको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement