ग्वालपाड़ा: ग्वालपाड़ाबाट अपहृत एकजना युवतीलाई पुलिसले उदालगुड़ीबाट उद्धार गरेको छ। दुई दिनअघि युवतीलाई अपहरण गरिएको थियो। युवतीलाई उदालगुड़ी जिल्लाको हरिशिंगाबाट उद्धार गरिएको छ।पुलिसले आज दिएको जानकारी अनुसार ग्वालपाड़ा टाउनको कर्बलास्थित निजी अस्पताल अलसलाममा विगत एक वर्षदेखिको कार्यरत अञ्जिला राबा कर्बलामा भाड़ाको घरमा बस्दै आएकी थिई। युवतीलाई गत १७ अक्टोबरमा त्यसबेला अपहरण गरिएको थियो जतिबेला उ अस्पताल गइरहेकी थिई। अपहरण गरेपछि युवतीको रिहाईको सट्टा २० लाख रुपियाँको माग गरिएको थियो। यो माग युवतीको आमासित अपहरणकर्ताहरूले फोन मार्फत गरेका थिए। यसबीच अपहृत युवतीलाई ग्लालपाड़ा पुलिसले उदालगुड़ीको हरिसिंगामा छापा मारेर युवतीलाई बचायो। पुलिसले अपहरणकर्ताहरूलाई खोजिरहेको छ।










