काठमांडू: रास्वापाका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमांडूको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध जनाएका हुन्।









