कवासोतीमा जीप दुर्घटना

IMG-20241019-WA0195

नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती-१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहती भएको हो।
अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ। घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ। क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement