कोलकोताको बैठकमा लिएर जानको लागि श्रमिकहरूको हस्ताक्षर संकलन अभियान शुरू

IMG-20241019-WA0196

खरसाङ: आगामी ६ नोभेम्बरमा कोलकातामा हुने बैठकलाई केन्द्र गरी पार्वत्य श्रमिक सङ्गठन समन्वय मञ्चले पहाडव्यापी रूपमा श्रमिकहरूको हस्ताक्षर अभियान शुरु गरेको छ। १६ प्रतिशत चिया बोनसको एडभाइजरीविरुद्ध ६ नोभम्बरमा राज्यको श्रम मन्त्री स्तरमा हुने उक्त बैठकमा मञ्चले ५० हजार चिया श्रमिकहरुको हस्ताक्षरलाई साङ्केतिक जनादेशको रुपमा पेश गर्ने भएको छ। उक्त हस्ताक्षर अभियान मिरिक, खरसाङ अनि बिजनबारी क्षेत्रका चियावारीबाट शुरु गरिएको उक्त अभियान हप्ताभरि गरेर पहाडको अन्य क्षेत्रसम्म पुग्ने अनि मञ्चमा‌ सामेल ८ वटा श्रमिक सङ्गठन बाहिर रहेकाहरु पनि यो लडाइँमा एकमुष्ठ हुन पर्ने पूर्व सांसद एंव सीपीआईएमको श्रमिक संगठन चियाबारी मजदुर युनियनको सचिव समन पाठकले अपील गरेका छन्।‌ उनले आगामी ६ नोभेम्बरमा कोलकोतामा हुने बैठकमा पहाड़को लगभग ५० हजार श्रमिकहरूको हस्ताक्षर संकलन गरेर लाने जुन सांकेतिक रूपमा बीस प्रतिशत बोनसको मांगमा लगिने जानकारी गराएका छन्। उनले श्रमिकहरूको हस्ताक्षर संकलन अभियान प्रत्येक चियाबारीमा गरिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement