देशलाई प्रतिनिधित्व गर्दै रोहन थापा अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेसमा

IMG-20241019-WA0197

दार्जीलिङ: घूम सुके रोड निवासी दार्जीलिङका रोहन थापाले देशभरिमै पहिलोचोटि भइरहेको दक्षिण पूर्वी एशिया अर्बन डाउन हिल अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेसमा देशलाई प्रतिनिधित्व गरिरहेका छन्। आगामी २३ अक्टोबरदेखि मिजोरामको राजधानी आइजलमा हुने उक्त रेसका विश्वभरिका अनुभवी २५ मध्ये विजेता राइडरले दक्षिण अमेरिकामा हुने विश्वकै सबैभन्दा ठूलो अर्बन डाउन हिल सेरो अबाजो रेसमा‌ मौका पाउने जानकारी प्राप्त भएको छ।

रेड बुलको तत्वावधानमा हुने उक्त रेसबारे मिडियालाई जानकारी गराउँदै रयाड एडभेञ्चर्स तथा राज्यका एमटीबी कोच अल्फन्स राईले अर्बन डाउन हिल राइडमा रोहन राईले पहिलोचोटि देशलाई प्रतिनिधित्व गरिरहेको बताएको छन्। यसअघि पनि दक्षिण भारतमा भएको राष्ट्रिय एमटीबी रेसमा अंशग्रहण गर्दै आइरहेको रोहन थापाले अवगत गराएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement