मोरंग (बिराटनगर): डेढ वर्ष अघि उद्घाटन भएको कार्गो रेल सञ्चालनमा समस्या भएको छ। भारतको सीमावर्ती बथनाह रेल स्टेसनदेखि विराटनगरको आइसीपीसम्म सञ्चालनका लागि कार्गो रेल उद्घाटन भएको भए पनि उद्घाटन भएपछि दोस्रो पटक कार्गो रेल आइसीपीमा आउन सकेको छैन। नेपालका उद्योगी व्यापारीहरुलाई माल सामना ढुवानीमा सहजता होस भनेर २०२३ मईमा कार्गो रेलको उद्घाटन भएको थियो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झन्डा हल्लाएर उद्घाटन गरिएको रेल दोस्रो पटक आउन सकेको छैन। त्यो बेला आरती स्ट्रीप्सका लागि आवश्यक पर्ने कच्चा पदार्थ बोकेर कार्गो रेल बथनाहाबाट आइसीपीसम्म आएको थियो। भारतीय कस्टम यार्डबाट ट्रकमा नेपाल सामान ल्याउनु भन्दा कार्गो रेलमा माल बस्तु ढुवानी गर्न महँगो भएकाले कार्गो रेलमा सामान ल्याउन नसकिएको उद्योगीहरू बताउँछन्।









